Comments Add Comment

फलफुल, तरकारी र अन्नका कारण हुने एलर्जी

धुलो-माटो, दुर्गन्ध-सुगन्ध, धुवाँ र मौसमको कारण मात्र एलर्जी हुन्छ भन्ने हुँदैन । हामीले दिनहुँ खाने फलफुल, तरकारी र अन्नका कारण पनि हामीलाई एलर्जी हुन सक्छ । तर एलर्जी भएको पत्ता लगाउन केही गाहे हुन सक्छ । एलर्जी हुने कारण हरेक व्यक्तिमा फरक–फरक हुन सक्छ । हाम्रो शरीर कहिलेकाहिं केही पदार्थका कारण संवेदनशील हुन्छ ।

यी पदार्थको सेवन गर्नासाथ त्यसको असर शरीरमा देखिन थाल्छ । कहिलेकाहिं कुनै पदार्थ खाएको केहि समयमा नै शरीर चिलाउन थाल्छ, रातो डाबर निस्कने जस्ता धेरै कारणहरु हुन सक्छ । संसारमा करिव ६ प्रतिशत बालबालिकाहरु ४ प्रतिशत खाद्य पदार्थको एलर्जीबाट पीडित छन् ।

के हो एलर्जी ?

जब हाम्रो शरीर कुनै कुराप्रति ओभर रिएक्ट गर्छ भने त्यसलाई एलर्जी भनिन्छ । त्यस्तो स्थितिमा हाम्रो इम्यून सिस्टमले केही विशेष कुराहरुलाई स्वीकार गर्न सक्दैन । जसको नतिजा रिएक्शनको रुपमा देखिन थाल्छ । धेरै जसो एलर्जी खतरनाक हुँदैन, तर कहिलेकाहिं यो समस्या गम्भिर पनि हुन सक्छ ।

एलर्जीका लक्षणहरु

-छटपट हुनु ।

-आँखा पोल्नु ।

-पातलो दिशा हुनु अथवा कब्जियत हुनु, पेट दुख्नु र वजन बढ्नु अथवा घट्नु ।

-रिंगटा लाग्नु, जोर्नी अथवा हड्डीको दुखाई र एनीमिया ।

-महिलाहरुमा महिनावारी अनियमित हुनु ।

-छालामा निशान बस्नु अथवा चिलाउनु ।

एलर्जीको कारण

तरकारी र फलफुलको एलर्जी

तरकारी अथवा फलफुल फलाउनका लागि प्रयोग हुने कीटनाशक औषधीहरुका कारण केही व्यक्तिलाई एलर्जी हुन सक्छ । केही व्यक्तिलाई कीटनाशक औषधीले धेरै एलर्जी हुन सक्छ । जसका कारण त्यस्ता फलफुल र तरकारी खानाले उनीहरुले एलर्जीको सामना गर्नु पर्छ । यदि तपाईंलाई त्यस किसिमको समस्या छ भने तपाई अग्र्यानिक तरकारी र फलफुल खान सक्नु हुन्छ ।

त्यस प्रकारको फलफुल र तरकारीमा सिन्थेटिक कीटनाशकहरुबाट मुक्त हुन्छ । यदि त्यसको प्रयोगले तपाईंलाई एलर्जी ठीक हुन्छ भने तपाईं आफुलाई नोक्सान पु¥याउने कुराको सेवन गर्दैन गर्नुहोस् । तर यदि तपाईलाई अग्र्यानिक तरकारी र फलफुल खाँदा पनि एलर्जी कम भएन भने तपाईंलाई कुनै विशेष फलफुल र तरकारीका कारण एलर्जी भएको हुन सक्छ ।

यदि तपाईंलाई लेटेक्सले एलर्जी हुन्छ भने तपाईले केरा, एवोकाडो, किवी जस्ता फलफुल सेवन गर्नु हुँदैन । केही व्यक्तिहरुलाई तरकारी र फलफुलको कुनै विशेष रुपमा एलर्जी हुँदैन । जस्तै स्याउको मुरब्बा, एप्पल पाई खाँदा एलर्जी हुँदैन तर ताजा स्याउ खानाले एलर्जी हुन थाल्छ । उच्च तापक्रममा पाक्ने भएकोले तथा एलर्जी उत्पन्न गर्ने प्रोटीन हराउने भएकोले त्यस्तो भएको हुन सक्छ ।

अन्नबाट हुने एलर्जी

यस्तो एलर्जी १ सय ५० जना व्यक्तिहरु मध्ये एक जनालाई हुन सक्छ । यसको मुख्य कारण शरीरको ग्लूटेन नामक प्रोटीनलाई अवशोषित नगर्नु हो । त्यसमा जब व्यक्तिले ग्लूटेनयुक्त कुनै खाध्य पदार्थ सेवन गर्छ भने उ बिरामी पर्न सक्छ । त्यो रोगलाई सीलिएक भनिन्छ ।

त्यो सानो आन्द्रामा हुने रोग हो । त्यो रोग गहुँ, रायो र जौं जस्ता ग्लूटेन समावेश भएका पदार्थहरुबाट हुन्छ । यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । त्यस्तो स्थितिमा रोटी, अन्न समावेश भएको खाजा, पिज्जा जस्ता कुनै पनि पदार्थको सेवन गर्नु हुँदैन । किन भने ती चिजहरुमा ग्जूटन हुन्छन् । गहुँको पिठो भन्दा मकै अथवा चामलको पिठो प्रयोग गर्नु पर्छ । त्यस्ता एलर्जीबाट बच्ने उपाय पिडितकै हातमा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment