Comments Add Comment

कांग्रेसलाई पर्यटन मन्त्री योगेशको सुझाव– अराजकतावादको घोडा नचढ्नुस्

१३ असोज,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् ।

सरकारी काममा क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् ।

भट्टराईले भनेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।

भ्रष्टाचार विरोधी अभियानका नाममा सञ्चालित गतिविधि कांग्रेसको सहयोगमा भएको कतिपयको बुझाइ छ । योगेशले कांग्रेसको नाम नलिई गरेको टिप्पणी यसैतर्फ इंगित रहेको ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment