Comments Add Comment

सिफारिस समिति भंग गर्न द्वन्द्वपीडित र अधिकारकर्मीको माग

१३ असोज, काठमाडौं । द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समिति भंग गर्न माग गरेका छन् ।

जवाफदेहिता निगरानी समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विधेयक बनाउनुपूर्व सरोकारबालाहरूसँगको परामर्शलाई प्रभावकारी बनाउन सिफारिस समिति भंग गर्न माग गरेका हुन् ।

दुवै आयोगका पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको छ । चैतमा बनेको समितिले अझै काम सकेको छैन ।

द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले परामर्शका लागि छुट्टै प्रक्रिया बनाउन, बलात्कारजस्ता गम्भीर अपराध र बाल सेनाबारे व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

यसरी माग गर्नेमा जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाई, मानवअधिकारकर्मीहरू कपिल श्रेष्ठ, मन्दिरा शर्मा, दिनेश त्रिपाठी, पूर्वबाल सेनाका लेनिन विष्ट, द्वन्द्व पीडितहरु सुमन अधिकारी, मोहन परियार, नेत्रबहादुर भण्डारीलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment