Comments Add Comment

सभामुख महराको सचिवालय भन्छ– दुर्व्यवहारको आरोप निराधार

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिला कर्मचारीले लगाएको दुर्व्यवहारको आरोप निराधार भएको उनको सचिवालयले दाबी गरेको छ ।

संसद् सचिवालयमा काजमा कार्यरत महिलाले आफ्नै कोठामा आएर सभामुख महराले आइतबार राति यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

तर, सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका छन् ।

‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, प्रेस सल्लाहकार मल्लद्वारा सोमबार राति जारी विज्ञप्तिमा भनिएको छ ।

ती महिलाले आइतबार राति ८ बजे महरा रक्सीसहित आफ्नो कोठामै आएर दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । रक्सीले मातिएका महराले चश्माको खोल आफ्नो कोठामै छाडेको दाबी पनि ती महिलाको छ । (पीडित महिलासँग गरिएको कुराकानीकाे अडियो  अनलाइनखबरसँग सुरक्षित छ)

तर, प्रेस सल्लाहकार मल्लले महरा दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यालय पुगेर दिउँसो २ बजे बालुवाटार निवासबाट फर्किएपछि त्यस दिन अन्यत्र कही नगएको दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस सभामुखमाथि लाग्यो गम्भीर आरोप, महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन्

कर्मचारी समायोजमा उनले केन्द्रमै रहन चाहेको र भनेजस्तो नभएपछि त्यसको रिस पोखेको दाबी पनि प्रेस सल्लाहकार मल्लले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment