+
+
Shares

यूएन महासचिवले भने– विश्व शान्ति स्थापनामा नेपालको योगदान अतुलनीय

सगरमाथा संवादका लागि नेपाल आउन परराष्ट्र मन्त्री ज्ञवालीले दिए निम्तो

रासस रासस
२०७६ असोज १४ गते ९:३१

१४ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालको योगदान अतुलतीय रहेकाे बताएका छन् । उनले नेपालकाे सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसंघ प्रतिबद्ध रहेको पनि बताए ।

राष्ट्रसंघको ७४औं महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रूपान्तरणको खुलेर सराहना गरेका छन् । उनले नेपालको शान्ति, प्रगति र समृद्धिको कामना पनि गरे ।

मन्त्री ज्ञवालीले आगामी चैतमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गरे । प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिएका छन् ।

परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताए । उनले दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको सुनाए

दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको उनले जानकारी दिए । मन्त्री ज्ञवालीले राष्ट्रसङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै नेपालको प्रगतिका निम्ति राष्ट्रसङ्घबाट भएको योगदानको सराहना गरे ।

उनले विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, सहश्राब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गरेकोमा महासचिवप्रति हार्दिक आभार व्यक्त गर्दै ती कार्यमा नेपालको सहकार्य रहने विश्वास दिलाए ।

भेटमा राष्ट्रसङ्घका उपमहासचिव तथा राष्ट्रसङ्घीय शान्ति कार्य विभागका प्रमुख जाँ पिएरे लाक्र्वा र शान्ति कार्य सञ्चालन विभागका प्रमुख अतुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालसहित स्थायी नियोगका वरिष्ठ अधिकारी सहभागी थिए ।

‘ब्रेन गेन इनिसिएटिभ’

यसैबीच, मन्त्री ज्ञवालीले इलिनोइ राज्यको राजधानी शिकागोमा यही असोज १२ गते त्यहाँ रहेका अमेरिकी तथा नेपाली विद्वत वर्गसँगको भेलालाई सम्बोधन गर्दै उनीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा ती देशहरुका विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तित्व–विज्ञको ज्ञान, सीप र पूँजीको उपयोग गर्न स्थापना गरेको ब्रेन गेन सेन्टरअन्तर्गतको ब्रेन गेन इनिसिएटिभ कार्यान्वयनमा नेपाललाई सघाउन मन्त्री ज्ञवालीले अनुरोध गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, कृषि विज्ञ, वैज्ञानिक, इञ्जिनीयर, चिकित्सक, प्राध्यापकलगायत करीब ७०० को सूची आफ्नो मन्त्रालयले ब्रेन गेन इनिसिएटिभमा समाहित गरेको जानकारी दिँदै ती विज्ञहरुको विधागत विज्ञताअनुसार नेपालमा स्वयंसेवाका लागि आग्रह गरिएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?