Comments Add Comment

वीरगञ्जमा स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ

१४ असोज, काठमाडौं । पर्सामा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाईै पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-४ नारायणी अस्पताल अगाडि सडकबाट वडानम्बर १६ का ४५ वर्षीय आवाश अलि र उनका छोरा २२ वर्षीय अस्ताक आलमलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ४ हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सडकमा चेकजाँचका क्रममा ना४९प ६८२४ नम्बरको मोटरसाइकलमा आएका आवाश र ना५७प ३०६ नम्बरको मोटरसाइकलमा आएका अस्ताकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु हुण्डि कारोरबारी हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment