Comments Add Comment

छाँया सेन्टरमा नवदूर्गा पूजा र दशैं महोत्सव

१४ असोज, काठमाडौं । छाँया सेन्टरमा नवदूर्गा पूजा र दशैं महोत्सव सुरु भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा घटस्थापनाको दिनदेखि सुरु भएको यो महोत्सव नेपाली तथा विदेशी दुवैको लागि आयोजना गरिएको हो । महोत्सवमा हुने नवदूर्गा पूजाले विदेशीहरु माझ नेपाली साँस्कृतिक विविधता देखाउन सकिने विश्वास रहेको आयोजकले बताएको छ ।

महोत्सवमा दूर्गा पूजा विशेष आकर्षणमा रहेको छ । करिब १० फिट ठूलो दूर्गा भवानीको मूर्तिको साथै कुमार, गणेश, लक्ष्मी र सरस्वतीको मूर्ति पनि राखिएको छ । नवरात्री पूजामा यी पाँचै देवदेवीको पूजा गर्नुपर्ने मान्यता अनुसार ती मूर्ति राखिएको हो ।

१० दिनसम्म चल्ने यो पूजाको नेतृत्व चारजना पारगंत ब्राम्हणले लिएका छन् । शास्त्रीय विधि अनुसार हुने यस पूजामा विजया दशमीमा बाँड्नको लागि जमरा पनि राखिएको छ । त्यस्तै दशैं टिकाको दिन स्वदेशी तथा विदेशीहरुको लागि टिका बाँडिने कार्यक्रम पनि रहेको छ ।

हिन्दु परम्परा अनुसार हुने यस पूजाले काठमाडौंमा रहेका विदेशी तथा काठमाडौं बाहिर घर भएका तर घर जान नपाएका स्वदेशीहरुलाई पनि दूर्गा भगवतीको प्रसाद ग्रहण गर्ने अवसर प्रदान गर्नेछ ।

महोत्सवलाई आकर्षक बनाउन छाँया सेन्टर परिसरमा दशैं बजार पनि लाग्नेछ । सो बजारमा छाँया सेन्टरमा रहेका विभिन्न ब्राण्डका शोरुमहरुका कपडा तथा एक्सेसरिजहरुमा २० देखि ७० प्रतिशतको छुट दिइएको छ । पार्किङको राम्रो सुविधा भएको छाँया सेन्टरमा सस्तोमा सामान किन्दै नवदूर्गा पूजाको आनन्द लिन सकिन्छ ।

हरेक दिन बिहान ७ बजे देखि ९ बजेसम्म चल्ने दशैं महोत्सवमा बिहान ८ बजेको पूजा र बेलुका ७ बजेको आरती मूल आकर्षण हुनेछ ।

महोत्सवमा सांगितीक कार्यक्रम पनि हुनेछ । सितार, सारङ्गी, तबला जस्ता परम्परागत वाद्यवादनहरुको प्रयोग गर्दै सांगितीक माहोल बनाइनेछ । त्यस्तै बालबालिकाहरुको लागि थुप्रै मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको छ ।

ठमेलभित्रको ठमेलको परिचय बनाएको छाँया सेन्टरमा मल्टिप्लेक्स थिएटरका साथै ट्राभल एजेन्सी, ब्यांङक्वेट हल, क्रिष्टल शोरुम, चर्चित ब्राण्डका शोरुम, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट लगायतको सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment