
१५ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ ।
उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम बुधबार दिउँसोबाट हटाइएको हो ।
महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।
यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4