Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु 

१६ असोज, काठमाडौं ।  मकवानपुर, कास्की र धनकुटाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ भैरवडाँडास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा हेटौंडा ९ का १९ वर्षीय सौरब दर्लामीको मृत्यु भएको छ ।

ना.६ त ४५३७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहीबार बिहान दुर्घटना हुँदा साेही ट्याक्टरका चालक दर्लामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको ५ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा पोखरा महानगरपालिका-८ नागढुङ्गाका २२ वर्षीय फिन्जु लामा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग.१४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका शेर्पाको  गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै धनकुटाको चौबिसे गाउँपालिका-३ गढीगाउँस्थित सडकमा को.२त२८३६ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका सोही स्थानका १७ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ ।

घाइते तामाङको घोपाअस्पताल धरानमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment