Comments Add Comment

के नन्दिताले फिल्म क्षेत्रमा कमब्याक गर्लिन् ?

नायिका नन्दिता केसी केही बर्ष अगाडि एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगिन् । कार्यक्रम सकिएपछि उनी नेपाल फर्किनन्, बरु अमेरिकामा नै बसिन् । उनी, अहिले फाट्टफुट्ट रुपमा नेपाल त आउने गर्छिन् । तर, चलचित्रका नयाँ दर्शकले उनलाई विस्तारै विर्सिसकेका छन् ।

तर, दशैंको सिलसिलामा नेपाल आएकी नन्दिताले मिडियासँग कुरा गर्दै नेपाली चलचित्रमा आफूले कमब्याक गर्ने दाबी गरेकी छिन् । आफूले योजना गरेर अमेरिका नबसेको बताउने नन्दिता दोश्रो पटक अमेरिका पुग्दा उतै रमाइलो लागेर बस्न थालेको सुनाउँछिन् ।

हुनत, नेपाली चलचित्रमा क्रेज कमजोर बन्दै गएपछि धेरै कलाकारहरु विदेश भासिने क्रम नौलो होइन । नन्दिताले भने आफू चलचित्रको मेकिङको रुपमा चलचित्रमा कमब्याक गर्ने तयारी गरेको बताइन् ।

नन्दिताले आफूले नियमित रुपमा चलचित्र हेर्ने गरेको पनि सुनाएकी छिन् । नयाँ यूवाका कलाकारहरुले राम्रो काम गरिरहेको भन्दै नन्दिताले नायक अनमोल केसीको जोडी बन्ने इच्छा समेत व्यक्त गरेकी छिन् ।
मन मिल्ने साथी पाएको खण्डमा चाडै नै बिहे गर्ने उनको योजना छ । नेपाली चलचित्र क्षेत्रमा करिब एक दशक राम्रै स्थान बनाएकी नन्दिता क्रेज कमजोर बनेपछि विदेश हानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment