Comments Add Comment

माछापुच्छ्रे बैंकले मानायो १९औँ वाषिर्कोत्सव

माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वाषिर्कोत्सवको अवसरमा केन्दि्रय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वाषिर्कोत्सव मनाएको छ ।

केन्दि्रय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटे भने बैंकको अन्य सम्पूर्ण शाखा कार्यालयमा सम्बन्धित शाखा प्रमुखहरुले केक काटेका थिए ।

सन् २००० मा पोखरामा संस्थापित माछापुच्छ्रे बैंकले असोज महिनालाई वाषिर्कोत्सव महिनाको रुपमा मनाईरहेको छ । हरेक वर्ष असोज १७ गतेलाई वाषिर्कोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष १९ औँ वाषिर्कोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ ।

बैंकले आफ्नो वाषिर्कोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्र्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्षपनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आˆनो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरीरहेको छ ।

बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरीरहेको छ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ । योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ । बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment