Comments Add Comment

युवा संघको राष्ट्रिय भेला कात्तिक तेस्रो साता

१८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघको राष्ट्रिय भेला आगामी कात्तिक तेस्रो साता काठमाडौंमा हुने भएको छ ।

तत्कालीन एमालेसम्वद्ध युवा संघ र माओवादीसम्वद्ध वाईसीएलको एकतापछि बसेको संगठन इन्चार्जसहितको बैठकले ३३२ केन्द्रीय सदस्यहरुको टुंगो लगाएको छ ।

साथै कात्तिक १८ र १९ मा केन्द्रीय समिति र २० र २१ मा राष्ट्रिय भेला गर्ने निर्णय भएको युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment