Comments Add Comment

ओमान र आयरल्याण्डको सुखद सुरुवात

काठमाडौं । पेनट्राङ्गुलर टी-२० सिरिजमा आयोजक ओमानसँगै आयरल्याण्डले सुखद सुरुवात गरेका छन् ।

शनिबार भएको पहिलो खेलमा ओमानले हङकङलाई ७ विकेटले हरायो । हङकङले दिएको ९७ रनको सामान्य लक्ष्य उसले १३.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान जिशान मकसूदले अविजित ३९ रन बनाए भने खावर अलीले ३२ रन जोडे ।

यसअघि हङकङले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसको सुरुवात भने राम्रो थियो । अहसान अब्बासी र निजाकत खानले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । तर त्यसपछि लगातार विकेट गुमायो ।

अर्को खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको १६८ रनको लक्ष्य आयरल्याण्डले १० बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो । उसका हृयारी ट्याक्टरले अविजित ४७ रनको पारी खेले ।

यसअघि नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । उसका बेन कुपरले उत्कृष्ट पारी खेले । दोस्रो विकेटका लागि म्याक्स ओ’डाउडसँग ५० रनको साझेदारी गरेका उनले कोलिन एकम्यानसँग ५५ रनको साझेदारी गरे । तर अरुले ठूलो पारी खेल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment