Comments Add Comment

ध्वाँसे चितुवासम्बन्धी प्रस्तावित प्रोजेक्टमा नेपालको पनि छनौट

२३ असोज, काठमाडौं । यतिखेर एउटा ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावित प्रोजेक्ट चर्चामा छ ।   ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रोजेक्टलाई छनोट गरेको हो ।

सो समूह अन्तर्गत विश्वभरबाट ५ वटा प्रोजेक्टहरू छनोट भएका छन् । नेपालको परियोजनासँगै एक्वोडरको बिरुवा, मेक्सिकोको सुगा, कम्बोडियाको वन, आर्मेनियाको भालुसम्बन्धी परियोजना पनि सो समूहमा रहेका छन् । ती सबैलाई पब्लिक भोटिङका लागि राखिएको छ । उत्कृष्ट एकमा परे करिब ३७ लाख बराबरको अनुदान उपलब्ध हुनेछ ।

नेपालबाट सो प्रोजेक्टको अवधारणा ‘प्रकृतिका साथीहरू’ नामक गैर सरकारी संस्थाले तयार गरेको हो । ‘प्रोजेक्ट छनौट भए सो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिनेछ । विशेष गरी सिक्लेस, ताङतिङलगायतका गाउँहरू सो सहयोगबाट लाभान्वित हुनेछन्’ प्रोजेक्टको अवधारणा तयार गर्ने मध्यका एक यादव घिमिरेले भने।

नेपालको तर्फबाट सो परियोजनाको नेतृत्व ध्वाँसे चितुवाको नामले परिचित दोलखा निवासी युवाअनुसन्धानकर्मी यादव घिमिरे र कास्कीका ‘उल्लु सर‘ भनेर चिनिने अनुभवी संरक्षणकर्मी राजु आचार्य सहितको समूहले गरिरहेका छन् ।  दुवै जना नेपाल भित्र र बाहिर वन्यजन्तुको अनुसन्धान र संरक्षणका काममा स्थापित नाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment