Comments Add Comment

पत्रकार उपचार कोषलाई अन्तर्राष्ट्रिय झापाली समाजको ५१ हजार

२४ असोज, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका बीच समाजले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईलाई रकम हस्तान्तरण गरेको हो ।

कमाइको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गरिएको समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले बताए । अध्यक्ष पोखरेलले झापाली पत्रकारले दिगो सोचका साथ अघि बढाएको उपचार कोषको अभियानको सराहना समेत गरे ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित महासंघद्धारा सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन सो अवसरमा आह्वान समेत गरिएको छ ।

उक्त अवसरमा महासंघका पूर्वअध्यक्ष हुमागाईं, पत्रकार उमाकान्त खनाल लगायतले अन्तर्राष्ट्रिय झापाली समाजलाई सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

कोषको ब्याजबाट घाइते तथा बिरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । कोषमा हाल ४० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एक सयभन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् ।

कोषबाट सुविधा लिनका लागि महासंघका सदस्यले अनिवार्यरु पमा कोषको सदस्य बन्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment