Comments Add Comment

एनआरएनए उपाध्यक्षमा बेल्जियमका श्रेष्ठको उम्मेदवारी घोषणा

बार्सिलोना । गैर आवासीय नेपाली संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा बेल्जियम निबासी ब्यबसायी अर्जुनकुमार श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । सन् २०१५-२०१७ को कार्यकालमा सचिवको रहेका श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । उनी आठौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका प्रत्यासी समेत हुन्।

अग्रजहरुको सल्लाह र सुझावमा नै उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको श्रेष्ठले बताए । उनले भने,’२००९ देखि  अन्तर्राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा रहेर काम गर्ने अवसर मिलेको छ । सम्पूर्ण गैर आवासीय नेपालीहरुको ऊर्जा, हौसलालाई आत्मसात् गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’

गैर-आवसीय नेपाली संघमा सन् २००९ देखि विभिन्न पदमा रही अभियानमा लागेका श्रेष्ठले दुई कार्यकाल अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा रही काम गरेका थिए। सन्  २०१३-२०१५ को कार्यकालमा उनले युरोप क्षेत्रीय संयोजक जिम्मेवारी निर्वाह गरे ।

श्रेष्ठसँगै ४ खुल्ला उपाध्यक्ष पदका लागि ११ जनाले उम्मेदवारी दिने बताएका छन् । डा. बद्री केसी (रुस), हिक्मत थापा(नाइजेरिया), मन क्षेत्री (अष्ट्रेलिया), सोनाम लामा (अमेरिका), त्रिलोक गुरुङ (हङ्कङ), नरेन्द्र भाट (कतार), धर्मराज अधिकारी (अष्ट्रेलिया), किरणबिक्रम थापा (जापान), थर्क सेन (बेलायत) र रबिना थापा (अमेरिका) रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment