+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते २०:३१

२४ असोज, मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

टायर पञ्चर भएपछि ब्रेक लागेन 

शुक्रबार विहान करिव साढे ८ बजेतिर सिपाटरबाट छुटेको बा २ ख २७१५ नम्बरको बसमा यात्रुहरु खचाखच भरिएका थिए । बसभित्र सिटमा मात्र होइन, खाली ठाउँमा पनि मानिसहरु उभिएर बसेका थिए ।दशैं मानेर फर्किनेहरु बसको छतमा पनि बसेका थिए ।

यात्रु रामकुमार थापाका अनुसार बाटामा थुप्रै यात्रुले बस चढ्न चाहेका थिए तर यात्रु खचाखच भएका कारण बस रोकिएन । बसको गति पनि अनियन्त्रित जस्तो थिएन ।

सिपाघाटबाट ६/७ किलोमिटर मात्र गुडेको बस तिहुको मोड आइपुग्दा दुर्घटनामा पर्‍यो । ‘एउटा मोड केटेपछि टायर पञ्चर भयो भने गाडी रोकियो’ सिपाटरबाटै बस चढेका भीमटारका थापा भन्छन्, ‘सडक ओरालो आरोलो रहेछ । ड्राइभरले सहचालकलाई ‘ओत हाल भाइ’ भन्दाभन्दै गाडी अगाडि बढ्यो ।’

१२० भन्दाबढी यात्रुले भरिएको बसको आरोलो बाटोमा टायर पञ्चर भएपछि ब्रेकले काम गरेन ।त्यसपछि करिव १०० मिटरजति आलालो दौडिएको बस अनियन्त्रित भएर सडकमा बजारियो र बल्ड्याङ खायो ।

गम्भीर घाइतेहरुलाई नेपाली सेनाको एमआई १७ र निजी कम्पनीको एक हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । सेनाको हेलिकोप्टरबाट १३ र निजी हेलिकोप्टरबाट ल्याइएका १० जनाको काठमाडौंका अस्पतालहरुमा उपचार भइरहेको छ ।

यस्तै ५८ जनाको धुलिखेल र १४ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

मन्त्री दुलाल अस्पतालमा    

यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल घाइतेको अवस्था बुझ्न धुलिखेलस्थित धुलिखेल अस्पतालमा पुगेका छन् ।

दुर्घटनापश्चात् उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाउने, स्थानीय सरकार, स्थानीय राजनीतिक दलहरु र सामाजिक व्यक्तित्व सबै खटिएको कारण छिटो उपचारका लागि पठाउन सहयोग भएको उनले बताए । ‘हामी सबै मिलेर उद्धार गर्ने काम गर्‍यौं’, मन्त्री दुलालले भने, ‘नेपाली सेना र निजी क्षेत्रको समेत हेलिकप्टर लगेर घाइतेहरुको छिटो उपचारको लागि व्यवस्था गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?