Comments Add Comment

कहिले पनि यी कारणले विवाह गर्नुहुँदैन

अधिकांश किशोर किशोरीहरुको विवाह छिट्टै हुने गर्छ, जो पछि गएर पछुताउँछन् । यद्यपि, उनीहरुले विवाह आफ्नो खुशीले गरेका हुँदैनन् । कसै न कसैको केही न केही बाध्यता हुने गर्दछ ।

यदि तपाईं बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने निम्नलिखित कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला:

 परिवारको दबाव

प्राय: अधिकांश परिवारका सदस्यहरुले तपाईंलाई अब त विवाह गर्नुपर्छ भन्दै दबाव दिन्छन् । आमा–बुवाको दवावका कारण छोरीहरु पनि विवाहका लागि सहजै तयार हुन्छन् । तरु त्यस्ता धेरै कुराहरु हुन सक्छन् जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भैरहेको हुन्छ ।

 बढ्दो उमेरको चिन्ता

प्राय: परिवारका सदस्यहरुले तपाईंलाई ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाव दिन थाल्छन् । ‘२५ वर्षकी भैसक्यौ, यो उमेरपछि तिमीसँग कसले विवाह गर्छ  ? जस्ता कुराहरु गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुवाले आजैका दिनदेखि छोरीलाई दबाव दिन रोक्नुपर्छ ।

छोरीहरुलाई विवाहका लागि प्रशस्त सोच्न समय दिनुपर्छ । जब उनीहरु विवाहका लागि तयार हुन्छन, त्यसपछि मात्रै विवाह गरिदिनु पर्छ ।

 आफन्तको दबाव

कहिलेकाहीँ आमा–बुवाले कुरा बुझिसकेका हुन्छन्, तर केही आफन्तहरु त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुवामाथि दबाव दिइरहन्छन् । ती आफन्तहरुले ‘केटा अत्यन्त राम्रो छ, छोरीको विवाह उसैसँग बिहे गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाव दिन थाल्छन् । यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाव दिइरहेका छन् भने सावधान हुनुहोला दबावमा आएर बिवाहगर्दा पछुताउनु पर्नेछ ।

 ब्रेकअपलाई बिर्सन

कतिपय व्यक्तिहरु ब्रेकअपपछि निकै नै उदास तथा दु:खी हुन थाल्छन् । त्यस्तो बेला उनीहरुसमक्ष विवाहको प्रस्ताव आयो भने उनीहरुले त्यसलाई तत्काल स्वीकार्छन् । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नु होस् । यसो गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो ।

 सम्पत्ति

कतिपय व्यक्तिहरु आर्थिक सम्पन्नता र रहनसहन देखेर विवाहका लागि तयार हुन्छन् । तर, ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन । विवाहपछि जब व्यवहार चाहेको जस्तो जस्तो हुँदैन, त्यो बेला उक्त वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सक्दैन । त्यसैले विवाह गर्नुअघि हुनेवाला जीवनसाथीका बारेमा राम्ररी बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment