Comments Add Comment

काठमाण्डौमा टोनीको ‘कोकाकोला तु’ गुञ्जने

सेप्टेम्बरमा नै नेपाल आउने भनिएका भारतीय गायक टोनी कक्कड अब अक्टुबर २५ मा नेपाल आउने भएका छन् । उनलाई अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ । यस अगाडि अर्का गायक आदित्य नारायण झा प्रस्तुत भइसकेको मञ्चमा यसपटक टोनीले आफ्नो गीतसंगीत मार्फत दर्शकलाई झुमाउँनेछन् । टोनी प्राविधिक समस्या भएको भन्दै सेप्टेम्बरमा नेपाल आउन सकेका थिएनन् ।

‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो । टोनी आफैमा राम्रो संगीत भर्छन् भने शब्द पनि कोर्छन् । पछिल्लो समयमा नेपाली यूवायूवतीमा उनको क्रेज राम्रै रहेको छ ।

टोनीले ‘भिजिट नेपाल २०२०’ को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह पनि गरेका छन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ , जसमा प्रवेशको लागि प्रि टिकेट अन्तर्गत २५ सय र ३५ सय मुल्य तोकिएको छ । तर कार्यक्रमकै दिन गेटमा गएर किन्दा टिकेटको मुल्य ३५ सय र ५ हजार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment