Comments Add Comment

शरीर फिट राख्न भुल्नै नहुने ३ कुरा

हरेक व्यक्तिको चाहाना हुन्छ कि उसको शरीर एकदम चुस्त, फिट र स्वस्थ होस् । फिट र चुस्त रहनको लागि हाम्रो शरीरको आकार मिलाएर राख्नुपर्छ र बिरामीहरुको जोखिमलाई कम गर्दै जानुपर्छ । शरीरको फिटनेसको लागि आफ्नो डाइट वा दैनिक गतिविधिहरुमा केही बदलाव ल्याउनुपर्छ ।

दैनिक रुपमा आफ्नो खानेकुरामा एकदमै धेरै सागपात एवं फलहरु सामेल गर्नुपर्छ । सागपात र फलहरु खाँदा हामीहरुलाई कैयौं प्रकारका रोगहरुले आक्रमण गर्न सक्दैनन् । स्वस्थ एवं फिट शरीरको लागि निम्न ३ प्रकारको कुरालाई बिर्सनु हुँदैन ।

सन्तुलित आहार

फिट रहनको लागि हामीले सबैभन्दा पहिले आफ्नो आहारमा ध्यान दिनुपर्छ । दैनिक जतिसक्यो ताजा फल, सागपात एवं सन्तुलित डाइट भएको खाना खानुपर्छ । एक स्वस्थ सन्तुलित आहारले हामीलाई फिट राख्नको लागि मद्दत गर्दछ । आफ्नो डाइटमा प्रोटिनलाई समेत सामेल गर्नुपर्छ । प्रोटिन शाकाहारी र मांसाहारी दुवै खानामा पनि पाइन्छ । जसको लागि मांसाहारीहरुले कुखुरा, माछा आदि खान सक्छन् भने शाकाहारीहरुले दूध, केरा खान सक्छन् ।

यसका अलावा दैनिक गतिविधिहरुलाई पूरा गर्नको लागि पनि हाम्रो शरीरलाई सही मात्रामा ऊर्जाको जरुरत पर्दछ । शरीरलाई ऊर्जा दिनका लागि कार्बोहाइड्रेडयुक्त आहार खानुपर्छ । शरीरमा कार्बोहाइड्रेडको कमीबाट शरीर सुस्त हुन पुग्छ भने यसले कमजोरी पनि महसुस हुन थाल्छ । त्यसैले आफ्नो डाइटमा कार्बोहाइड्रेड पनि सामेल गराउनुपर्छ । फिट रहनको लागि बोसोयुक्त आहार खानु हुँदैन । सन्तुलित खाना खाने र व्यायाम गर्नाले हाम्रो शरीर सन्तुलित हुने गर्दछ । जसबाट हामीमा आत्मविश्वास बढाउने काममा पनि मद्दत मिल्छ ।

व्यायाम अनिवार्य

फिट रहनको लागि सन्तुलित आहार मात्रै होइन । व्यायाम पनि उत्तिकै महत्वपूर्ण छ । सन्तुलित आहारपछि दैनिक व्यायाम, जस्तै- दौडने वा अन्य किसिमका शारीरिक कसरतले हाम्रो शरीरमा ऊर्जा प्राप्त हुन्छ । हप्तामा केही दिनमात्रै यस्ता व्यायाम गर्दा पनि धेरै फाइदा हुन्छ । कार्डियो एक्सरसाइजले मुटुलाई मजबुत बनाउन मद्दत गर्दछ । स्ट्रेन्थ ट्रेनिङले मांसपेशीहरुलाई मजबुत बनाउने गर्दछ र स्ट्रेचिङ एक्सरसाइजले शरीरको लचिलोपनामा सुधार गर्न मद्दत गर्दछ । रक्त परिसञ्चरणको लागि पनि नियमित व्यायाम आवश्यक हुन्छ । यसले तनाव कम गर्न पनि मद्दत गर्दछ ।

पर्याप्त निद्रा

फिट रहनको लागि सन्तुलित आहार र पर्याप्त व्यायामका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । यदि निद्रा पुगेन भने मेटाबोलिज्म, मूड, एकाग्रता, याददाश्त, स्ट्रेस, हार्मोन, रोग प्रतिरोधक क्षमता र हृदयमा असर पर्दछ । पर्याप्त निद्राले नै हाम्रो मस्तिस्कलाई आराम दिन्छ र शरीरलाई पनि फिट राख्न मद्दत गर्दछ । त्यसैले दैनिक ७-८ घण्टा अनिवार्य निद्रा पूरा गर्ने गर्नुपर्छ ।

अरु के-के गर्ने ?

फिट रहनको लागि माथिका तीन कुराहरु महत्वपूर्ण हुन्छ । त्यसका अलावा निम्न कार्यहरुले पनि हाम्रो शरीरलाई तन्दुरुस्त र सन्तुलित बनाइराख्न मद्दत गर्दछ ।

– हरेक दिन बिहान खाजाको रुपमा अनिवार्य पौष्टिक आहार सामेल गर्ने

– दिनभरीमा जतिसकिन्छ धेरै पानी पिउने

– शरीर फिट राख्नको लागि तनावलाई हटाउने

– आफूले नियमित खाने खानामा शुद्ध तेल प्रयोग गर्ने

– नियमित रुपमा खेलकूदमा सहभागी हुने

– दैनिक दूध पिउने

– दैनिक बिहान हिँड्ने वा दौडने बानीको विकास गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment