Comments Add Comment

ससुरा हत्याको आरोपमा बुहारी पक्राउ

२९ असोज, रामेछाप । ससुरा हत्याको आरोपमा मन्थली नगरपालिका १२ गेलुकी पार्वती अछामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ६५ वर्षका ससुरा डिकबहादुर अछामीको हत्या गरेको आरोपमा पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई जाँच गर्दा उनको हत्या भएको हुन सक्ने आशंका अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा कान्छी बुहारी पार्वतीले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए । उनले दाउराको चिर्पट प्रहार गरि सुसुराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको यादवले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment