+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जाडोको पूर्वसन्ध्यामा छाला सुख्खा भयो भने…

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १३:१६

मौसमको फेरबदल हुनु प्राकृतिक नियम नै हो । मौसमको फेरबदलले हाम्रो जीवनशैलीमा पनि विभिन्न किसिमको परिवर्तनहरु आउँछ । हामी मौसमअनुसार खानपान र पहिरन प्रयोग गर्छौं । त्यति मात्र नभएर मौसमअनुसार आफ्नो शरीरको हेरचाह पनि गर्छौं । गर्मीमा भन्दा जाडोयाममा हाम्रो शरीरको हेरचाह धेरै गर्नु पर्छ । जाडोयामको शुरुवातसँगै हाम्रो छालामा परिवर्तन देखिन थाल्छ । चिसो हावाले हाम्रो छाला तन्कने, सुख्खापना आउने र चम्किलोपना कम हुन थाल्छ । जाडोयाम आउनासाथ हाम्रोे छाला सुख्खा हुन थाल्छ । कहिलेकाहीँ त छालामा राता-राता धर्साहरु पनि देखिन थाल्छन् ।

कसै-कसैलाई त धेरै चिसो भएर छाला सुख्खा भएर फुट्न थाल्छ र रगत पनि आउँछ । जाडोयाममा ओँठ फुट्नु सामान्य कुरा हो । जाडोयाममा सबैभन्दा बढी छालाको हेरचाह गर्नु पर्छ । हामी परिवर्तनशील मौसमलाई त रोक्न सक्दैनौं, तर आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर छालालाई सुन्दर र स्वस्थ बनाउन सक्छौं ।

छालाको ध्यान राख्नु पर्छ

जाडोयाममा कहिले पनि धेरै तातो पानीले नुहाउनु हुँदैन्ा, सधैं मनतातो पानीले नुहाउनु पर्छ । तातो पानीले छालाको प्राकृतिक तैलियपनालाई हटाइदिन्छ, जसका कारण छाला अति नै सुख्खा हुन्छ । यदि तपाइर्ंको छाला सुख्खा छ भने अनुहार र शरीरमा साबुन प्रयोग गर्नु हुँदैन । साबुनमा समावेश भएको कास्टिकले तपाईंको छालालाई धेरै नोक्सान पुर्‍याउँछ ।

फेस वास अथवा बडी वासको प्रयोगले छालाको ड्राइनेस कम हुन्छ । यति गर्दा पनि तपाईंलाई आफ्नो अनुहार सुख्खा भएको महसुस हुन्छ भने अनुहारमा साबुन अथवा फेसवासभन्दा क्लिजिङ मिल्कले सफा गर्नुपर्छ । सफा पानीले अनुहार धोएर अल्कोहल प|mी टोनर अथवा मोइस्चराइजरको प्रयोग गर्नु पर्छ ।

यदि तपाईंको छाला सुख्खा छ भने शरीरको लागि एउटा राम्रो बडी लोसन अथवा बडी बटरको प्रयोग गर्नु पर्छ । अनुहारको लागि राम्रो मोइस्चराइजर आफूसँगै राख्नु पर्छ । राम्रो मोइस्चराइजर अथवा बडी लोसन किन्दा त्यसमा नेचुरल आयल, बदाम, ओलिभ र ग्लिसरीन समावेश छ कि छैन हेर्नु पर्छ ।

यदि तपाईंको छाला तैलीय छ भने पनि जाडोयाममा पानीको कमी हुन्छ । तैलीय छाला भएको अनुहारलाई जेल भएको मोइस्चराइजरको आवश्यकता हुन्छ, जसमा तेल हुँदैन तर राम्रो मोइस्चराइजिङ एजेन्टहरु जस्तै एलोभेरा, ग्लिसरीन, हेलुरोनिक एसिड, काँक्रो तथा खरबुजाको गुणहरु समावेश हुन्छ ।

यसबाहेक सुन्दर छालाको लागि धेरै पानी पिउनु आवश्यक हुन्छ । धेरै पानी पिउनाले तपाइको छाला हाइड्रेटेड हुन्छ । जाडोयाममा प्यास कम लाग्छ तर यो मौसममा पनि दैनिक कम्तिमा आठ गिलास पानी पिउनु आवश्यक छ । बाहिरको जंक फुड भन्दा घरमा बनेका खानेकुराहरु खानु पर्छ । फलफूल र तरकारीको सेवन धेरैभन्दा धेरै गर्नु पर्छ । हाम्रो शरीर जति स्वस्थ रहन्छ त्यति नै हाम्रो छाला सुन्दर र चम्किलो हुन्छ ।

जसरी हामीले सास फेर्न आवश्यक छ, त्यसरी नै छालाले पनि सास फेर्न आवश्यक हुन्छ । हाम्रो छालाको माथिल्लो भागमा मृत छालाको पत्र रहेको हुन्छ, जसका कारण हाम्रो छालाले सास फेर्न सक्दैन । मृत छालाका कारण हाम्रो छाला सुख्खा देखिन्छ र यो चम्किलो पनि देखिँदैन ।

यी मृत कोषिकाहरुलाई समय-समयमा हटाउनु अति नै आवश्यक हुन्छ, जसलाई हामी एक्सफोलिएसन भन्छौं । यसको लागि हप्तामा दुई पटक फेस स्क्रबको प्रयोग गर्नु पर्छ, यसो गर्दा मृत छाला हट्छ । छाला स्वस्थ हुनु अति नै आवश्यक छ किनभने यो हाम्रो शरीरको एउटा कवच हो । त्यसैले केवल सुन्दर देखिन मात्र होइन स्वस्थ रहन पनि छालाको ध्यान राख्नु अति नै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?