Comments Add Comment

सरकार पूर्णत: असफल भयो, अब जनगणतन्त्र चाहिन्छ : सिपी गजुरेल

२९ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले वर्तमान सरकार पुर्णत असफल भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ दल नेकपाले नै दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरको चियापान कार्यक्रममा पुगेका नेता गजुरेलले सरकार पूर्णत असफल भएको आरोप लगाउँदै जनताको विकास र समृद्धिको अकांक्षा पूरा गर्दै समाजवादसम्म पुग्न जनगणतन्त्र चाहिने टिप्पणी गरे ।

‘सरकार पूर्णत: असफल भएको छ । चुनावमा गरेका बाचाहरु एउटा पनि कार्यान्वयन भएका छैनन् । हामीले यो ब्यवस्था नै उचित छैन भन्दै आएका छौं’ सरकारको कामकारबाहीबारे टिप्पणी गर्दै उनले भने ।

यो ब्यवस्था ठीक नभए कस्तो ब्यवस्था ठीक हुन्छ त ? भन्ने पत्रकारको पश्नमा नेता गजुरेल भन्छन्, ‘हामीले सुरुदेखि नै जनगणतन्त्र चाहिन्छ भन्दै आएका छौं । जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्दै समाजवादसम्म पुग्न जनगणतन्त्र नै चाहिन्छ भन्ने हाम्रो बुझाइ हो ।’

नेता गजुरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिको कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । ‘भ्रमण कति उपलब्धीपूर्ण भयो भन्नुभन्दा पनि त्यसक्रममा भएका सहमतिको कार्यान्वयनले सफलता र असफलतालाई मापन गर्ने हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment