Comments Add Comment

हृवावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक

३० असोज, काठमाडौं । हृवावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा हृवावेले ६१०.८ अर्ब चिनियाँ युआनको आय आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धिभएको छ । यस अवधिमा हृवावेको खुद नाफा ८.७ प्रतिशत रहृयो ।

हृवावेले आईसीटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आˆनो ध्यान केन्द्रित गर्दै संचालन क्षमता तथा गुणस्तर वृद्धिमा निरन्तर काम गर्दै आएको छ । यसकै परिणामस्वरूप सन् २०१९ को पहिलो तीन त्रैमासिकमा कम्पनीको संचालन र सांगठनिक स्थायीत्वमा वृद्धि हुनुका साथै कम्पनीको कार्यक्षमता थप मजबुतल बनाएको छ ।

क्यारियर बिजनेसतर्फ फाइभ जी नेटवर्कहरूको कमर्सियल डिपलोयमेन्टमा तीव्र वृदि्भ आएको छ । हृवावेले अग्रणी क्यारियरहरू जस्तै फाइभ जी सुपर अपलिंक, स्मार्ट तथा सिम्पलिफाइड ट्रान्सपोर्ट नेटवर्कहरूसँग मिलेर नयाँ सिर्जनात्मक सलुसनहरू सार्वजनिक गरिरहेको छ । हृवावेले प्रविधि क्षेत्रका अन्य साझेदारहरूसँग सहकार्य गर्दै  साझेदारी र फाइभ जीको इन्डस्ट्री इनोभेसन बेसलाई बलियो बनाउन कार्यहरू गरिरहेको छ ।

हालसम्म हृवावेले विश्वका अग्रणी क्यारियरहरूसँग ६० वटाभन्दा बढी व्यवासायिक सम्झौताहरू गरेको छ भने ४ लाखभन्दा बढी फाइभ जी म्यासिभ एमआईएमओ एक्टिभ एन्टेना युनिटहरू विश्वबजारमा निर्यात गरिसकेको छ । हृवावेको अप्टिकल ट्रान्समिसन, डाटा कम्युनिकेसनहरू र आईटी उत्पादनहरूको उत्पादन तथा आपूर्ति बढ्दो क्रममा रहेको छ ।

इन्टरप्राइज बिजनेसतर्फ हृवावेले होराइजन डिजिटल प्लेटर्फम सार्वजनिक गरेको छ । हृवावेको बृहत् प्राविधिक अनुभवमा आधारित रही निर्मित यस प्लेटर्फमसँगै हृवावेले डिजिटल संसारको आधार बनाई खर्बौँ बराबरको डिजिटल ट्रान्सफोर्मेसन इन्डस्ट्री निर्माण गर्न  ग्राहक तथा साझेदारहरूसँग काम गर्ने उद्देश्य राखेको छ । यस प्लेटर्फमले सरकारी, सार्वजनिक निकायहरू, वित्त, विद्युत, यातायात जस्ता विभिन्न क्षेत्रहरूलाई डिजिटल रूपान्तरण गर्न सघाउने छ ।

सन् २०१९ को तेस्रो त्रैमासिकको अन्त्यसम्ममा ७ सयभन्दा बढी शहरहरू, २२८ फरच्युन ग्लोबल ५०० कम्पनीहरू र ५८ फरच्युन ग्लोबल १०० कम्पनीहरूले डिजिटल रूपान्तरणका लागि हृवावेलाई आˆनो साझेदारका रूपमा छनौट गरेका छन् ।

हृवावेको क्लाउड सर्भिसको पनि तीव्र विकास भइरहेको छ । तेस्रो त्रैमासिकमा हृवावेले आˆनो कम्प्युटिङ स्ट्राटिजी घोषणा गर्दै विश्वकै सबैभन्दा तीव्र गतिको एआई ट्रेनिङ क्लस्टर एटलास ९०० सार्वजनिक छ । अन्य नवीनतम उत्पादनहरूमा कम्पनीले हृवावे

क्लाउड एसेन्ड एआई क्लस्टर सर्भिसहरू, कुनपेङ र एसेन्ड प्रोसेसरहरूयुक्त ११२ नयाँ सर्भिसहरू र इन्स्ट्रियल इन्टेलिजन्ट ट्वीनहरू सार्वजनिक गरेको छ। यी उत्पादनहरू सरकारी, इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) , अटोमोटिभ, वित्त लयायतका धेरै क्षेत्रहरूमा ठूला उपलब्धिहरू हासिल गरेको छ । तीस लाख इन्टरप्राइज प्रयोगकर्ताहरू र डिभेलपरहरुले उत्पादनहरू र सलुसनहरू बनाउन हृवावेका क्लाउडको प्रयोग गरेका छन् ।

कन्ज्युमर बिजनेसतर्फ, हृवावेकफ स्मार्टफोनको बिक्रीमा निकै वृद्धि भएको छ। सन् २०१९ को पहिलो तीन त्रैमासिकमा स्मार्टफोनको निर्यात १८५ मिलियन युनिट नाघ्यो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतको वृद्धि हो । हृवावेको अन्य नयाँ बिजनेसहरू जस्तै ट्याब्लेटहरू, पीसी कम्प्युटरहरू तथा वेयरेबलहरूको बिक्रीतर्फ पनि तीव्र वृद्धि भयो ।

उपभोक्ताहरू र प्रविधि उद्योगका अन्य कम्पनीहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको सफ्टवेयर र हार्डवेयरमा नवीन प्रविधियुक्त भिजन स्मार्ट स्क्रीन पनि तेस्रो त्रैमासिक अविधिमै सार्वजनिक गरिएको हो ।

हृवावेको मोबाइल सर्भिसेस इकोसिस्टमले पनि तीव्र विकास गरेको छ र १ सय ७० वटाभन्दा बढी देशहरूमा उपलब्ध छ । यस प्रणालीमा विश्वभरबाट १.०७ मिलियलन रेजिस्ट्रर्ड डिभेलपरहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment