Comments Add Comment

कीर्तिपुरमा चम्किएका महिला क्रिकेटरहरु

३० असोज काठमाडौं । रुविना क्षेत्रीले नेपालको प्रतिनिधित्व गरेको क्रिकेट खेल्न थालेको दशक नाघिसक्यो तर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलेको धमिलो सम्झना मात्र छ ।

बुधबारबाट सुरु भएको वुमन च्याम्पियन्स लिग (डब्लूसीएल) ले महिला क्रिकेटरहरुलाई कीर्तिपुरमा खेल्ने मात्र होइन, फरक माहौलको स्वाद चाख्ने अवसर पनि दिएको छ ।

‘कीर्तिपुरमा त ५/६ वर्ष अगाडि खेलेका थियौं । हामी धेरै त इटहरी, महेन्द्रनगर वा धनगढीतिर खेल्छौं’ राष्ट्रिय टिमकी कप्तान समेत रहेकी रुविनाले भनिन्, ‘यो पटक एकदमै फरक माहौलमा खेल्ने अवसर पाएका छौं ।’

हुन पनि नेपाली क्रिकेटको घरेलु संरचना लथालिंग छ । महिला मात्र होइन, पुरुष टिमको पनि प्रतियोगिताहरु नियमित हुँदैन । पछिल्ला वर्षहरुमा पुरुष क्रिकेटमा फ्रेन्चाइज लिगहरु हुन थाल्यो तर महिला क्रिकेट प्राथमिकतामा परेको थिएन ।

तर पुरुषतर्फ पोखरा प्रिमियर लिग (पीपीएल) आयोजना गरेको क्विन्स इभेन्ट म्यानेजमेन्टले पहिलो पटक महिलाहरुको प्रेन्चाइज लिग गर्ने साहस गरेको छ । आयोजकले साजसज्जा गरेर कित्रिपुर मैदानलाई चिटिक्क बनाएको छ । पाँच वटै फ्रेन्चाइज टिमले सकेको विज्ञापन जुटाएका छन्, सबै खेलको टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण हुन्छ ।

यो सबैले सुरुमा मैदान प्रवेश गर्दा त निकै नर्भस भएको क्याट विक्न्स काठमाडौंकी कप्तान रुविनाले सुनाइन् । तर त्यो भन्दा बढी खुसी र उत्साह मिलेको छ ।

‘यसले साग र वल्र्डकप छनोटमा राम्रो गर्न हामीलाई आत्मबल बढाएको छ’ उनले भनिन् ।

 

DCIM100GOPROGOPR0247.JPG

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment