Comments Add Comment

ब्रेग्जिटमा ब्रिटेन र ईयूबीच जुट्यो सहमति, केके छन् मुख्य बुँदा ?

३० असोज, काठमाडौं । युरोपियन युनियनबाट बाहिरिने विषय (ब्रेग्जिट)मा ब्रिटेन र युरोपियन युनियन (ईयू)बीच समझदारी जुटेको छ । ब्रसेल्समा बेलायत र ईयूको टोलीबीचको छलफलले नयाँ समझदारी गरेको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै सहमति जुटेको बताएका हुन् । उनले भनेका छन्, ‘हामीले महत्वपूर्ण सम्झौता गरेका छौं, जसले पछाडि जानबाट रोक्छ ।’

युरोपीय संघका अध्यक्ष जायन क्लाउड जंकरले यो निश्पक्ष र सन्तुलित सम्झौता भएको बताएका छन् ।

केके छ मुख्य सहमति ?

युरोपीय संघका मुख्य वार्ताकार माइकल बर्नियरकाअनुसार सम्झौतामा मुख्य चार विषय छन् ।

–उत्तरी आयरल्याण्ड अझै पनि युरोपीय स.घको केही सीमित नियम कानूनमा बाँधिनेछ ।

–उत्तरी आयरल्याण्ड ब्रिटेनको कस्टम सीमाभित्र हुनेछ तर ईयूको सिंग्ल मार्केटका लागि प्रवेशद्वार खुला हुनेछ ।

–ईयूको एक सिंगल बजार हुनेछ तर भ्याटमा ब्रिटेनको जायज हितलाई ख्याल गरिनेछ ।

–उत्तरी आयरल्याण्डका प्रतिनिधिले हरेक चार वर्षमा निर्णय गर्नेछन् कि उनीहरु उत्तरी आयरल्याण्डमा ईयूका नियम लागू गर्न चाहन्छन् कि चाहँदैनन् ।

संसदबाट पास गराउन मुश्किल

अहिले दुबै पक्ष नयाँ सहमतिको कानुनी मस्यौदामा काम गरिरहेका छन् । तर तर त्यसअघि यो सम्झौतालाई ईयू र बेलायती संसदले अनुमोदन गर्नुपर्नेछ ।

जंकर र जोनसन दुबैले आफ्ना सांसदहरुलाई नयाँ सम्झौतालाई समर्थन गर्न अनुरोध गरेका छन् ।

तर बेलायतको प्रतिपक्षी लेबर पार्टीका जेरेमी कोर्बेनले नयनँ सम्झौता पूर्व प्रधानमन्त्री टेरेजा मेले तय गरेको भन्दा पनि खराब भएको प्रतिक्रिया दिएका छन् । यसलाई बेलायतको संसदले खारेज गर्नुपर्ने उनको धारणा छ ।

डीयूपी र उत्तरी आयरल्याण्डका पार्टीले पनि यो सम्झौता स्वीकार गर्न मानेका छैनन् । कन्जरभेटिभ पार्टीका केही सांसदको राजीनामा र २० सांसदलाई पार्टी ह्वीपबाट मुक्त गरेका कारण ब्रिनेटको संसदबाट पास गराउन गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment