+
+
Shares

बहुविवाह मिलापत्र प्रकरण : आलोचनापछि प्रहरीले अघि बढायो अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १०:३७

१ कात्तिक, काठमाडौं । बहुविवाहमा मिलापत्र गर्न दबाव दिएको प्रहरीले अन्ततः अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनप्रशासन क्याम्पसका ढकाल थरका एक कर्मचारीले बहुविवाह गरेपछि उनकी जेठी श्रीमतीले प्रहरी वृत्त लैनचौरमा पुगेर बुधबार उजुरी दर्ता गरेकी थिइन् ।

पीडितको उजुरीपछि प्रहरीले कानूनी प्रक्रिया थाल्नुपर्ने भए पनि क्षेत्राधिकार नाघेर मिलापत्रका लागि दबाव दिएको थियो । त्यसबारे अनलाइनखबरमा समाचार प्रकाशित भएसँगै प्रहरीले लैनचौर वृत्तको हिरासतमा रहेका पीडित महिलाका श्रीमानकाे म्याद थपेर अनुसन्धान थालेको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर ढकालको म्याद थप गरिएको र अभियोगबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

‘पीडित महिलाको उजुरीपछि लैनचौर वृत्तको हिरासतमा रहेका ढकालमाथि अनुसन्धान गरिरहेका छौं’, डीआईजी थापा क्षेत्रीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?