Comments Add Comment

‘बेसार-दुध’ कसरी विश्वभर प्रशिद्ध हुँदैछ ?

‘गोल्डेन मिल्क’ दक्षिण एशियाको यो रेसेपी अब पश्चिमको कतिपय देशमा निकै लोकपि्रय हुँदैछ । तपाईंलाई लाग्न सक्छ, आखिर के हो यो गोल्डेन मिल्क ?

हुनसक्छ विश्वका कतिपय मुलुकका लागि यो नयाँ रेसेपी हो । यद्यपि हामीकहाँ भने सदियौं पुरानो रेसेपी हो यो । हाम्रो घर-भान्सामा प्रयोग हुने घरेलु ओखती हो यो । सागसब्जीलाई आकर्षक देखाउन वा औषधिय गुणको कारण पनि हामी यसको प्रयोग गर्छौं ।

पश्चिमी देशले आज जुन ‘गोल्डेन मिल्क’ भनिरहेका छन्, त्यो हामीकहाँ ‘बेसार-दुध’ हो । सागसब्जीमा प्रयोग हुने बेसारलाई दुधमा मिसाएपछि यसलाई ‘गोल्डेन मिल्क’ भन्न थालिएको छ ।

गोल्डेन मिल्क बनाउन गाह्रो छैन । एकदमै सजिलो रेसेपी हो यो । बनाउन सजिलो भएकाले मात्र यसको पारखी बढेका भने होइनन् । खासमा त यसको गुणले गर्दा गोल्डेन मिल्क पिउनेहरु बढेका हुन् ।

कति फाइदाजनक छ ?

गोल्डेन मिल्कमा प्रयोग गर्नेे मूख्य सामाग्री हो, बेसार । बेसार, जुन हरेकको भान्सामा हुन्छ । सागसब्जीमा प्रयोग गरिन्छ । हाम्रै घर-आँगनमा उत्पादन हुन्छ ।

बेसारको खास विशेषता के भने, यो एक एन्टी इन्फ्लामेटरी हुन्छ । अर्थात यसले सुन्निने समस्या कम गर्छ । केही शोधबाट यो कुरा बाहिर आएको छ कि चिसोमा हुने दुखाई र सुन्निने समस्यामा प्रयोग गरिने एलोपेथ औषधीको तुलनामा बेसार बढी प्रभावकारी हुन्छ ।

पोषणविद्हरुका अनुसार बेसारको असरबारे सही ढंगले पत्ता लगाउनका लागि अरु पनि अध्ययनको खाँचो छ । कतिपय अध्ययनमा के पाइएको छ भने बेसारमा एन्टि अक्सिडेन्ट गुण पनि भरपुर मात्रामा हुन्छ । यसले बेचैनी वा रक्तचाप बढ्न, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । साथै पाचनसँग सम्बन्धित समस्या ठिक गर्न पनि बेसार उपयोगी हुन्छ ।

सन् २०१७ मा मिशिगन केन्द्रीय युनिभर्सिटी र नोभा साउथइस्टर्न युनिभर्सिटीका वैज्ञानिकहरुले भनेका थिए कि बेसार सजिलै शरीरमा पच्दैन । यद्यपि जानकारहरुका अनुसार यदि मरिच वा अन्य बस्तुसाग यसको प्रयोग गरियो भने शरीरका लागि लाभदायक हुन्छ ।

बेसारमा रहेको टर्मेनर मस्तिष्कको स्वास्थ्यका लागि राम्रो मानिन्छ । कतिपय मुलुकका बेसार दुधमा दालचिनी र अदुवा पनि मिसाउने गरिएको पाइन्छ ।

पेटको दुखाई, अपचको समस्या र कमजोरी जस्तो सस्यामा अदुवा फाइदाजनक हुन्छ । चिनियाँ परम्पारगत औषधीमा दालचिनी उपयोग गरिन्छ । पोषणविद् केरी टरेन्सका अनुसार दालचिनी पेटको समस्या ठिक गर्नका लागि प्रयोग गरिन्छ । उनी भन्छिन्, ‘दालचिनी रोगसँग लड्ने र रगतमा अक्सिजनको मात्रा बढाउनमा निकै प्रभावकारी मानिसएको छ ।’

बीबीसी हिन्दीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment