+
+
Shares

बाराबाट नलकटुवा पेस्तोल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते १६:५१

१ कात्तिक, वीरगञ्ज । बाराको करैयामाई गाउँपालिकाबाट प्रहरीले नलकटुवा पेस्तोल बरामद गरेको छ । करैयामाई–१ स्थित जनसामुदायिक माविको उत्तर पश्चिम कुनामा रहेको शौचालयको सेप्टी ट्याङकी नजिकैबाट शुक्रबार बिहान पेस्तोल बरामद गरिएको हो ।

प्लाष्टिकमा बेरेर ढुंगामुनी लुकाएर राखेको अवस्थामा १० इन्च लामोे अवैध घरेलु नलकटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

‘शौचालयको छेउमा हतियार रहेको सूचनाको आएको थियो,’  उनले भने,  ‘सूचनामा भनिएको स्थानमा पुग्दा घरेलु नलकटुवा पेस्तोल भेटियो । बाहिरै प्लाष्टिकले बेरेर राखिएको थियो । हालसालै राखेको जस्तो देखिन्छ ।’ कुनै आपराधिक गतिविधि सञ्चालनका लागि आपराधिक व्यक्ति वा समूहले हतियार राखेको हुनसक्ने आशंकामा प्रहरीले अुनसन्धान अघि बढाएको जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?