Comments Add Comment

रामेछाप सदरमुकाम र नाकाहरुमा सीसी क्यामराबाट निगरानी

२ कात्तिक, मन्थली । रामेछाप प्रहरीले जिल्लाका प्रमुख नाकाहरुमा सीसी टीभी क्यामराबाट निगरानी सुरु गरेको छ । प्रहरीले स्थानीय सरकारसँगको सहकार्यमा बजारका प्रमुख केन्द्र र नाकाहरुमा सीसी क्यामरा जोडेर निगरानी सुरु गरेको हो ।

अपराधिक घटना हुन नदिन र भएमा पनि अपराधी सहजै पत्ता लगाउन सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले जनकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाम मन्थली बजारमा सीसी क्यामरा जोडि क्यामरा मार्फत निगरानीको काम भइरहेको छ ।

त्यस्तै जिल्लाको २ नं. क्षेत्रबाट काठमाडौं आउ-जाउ गर्ने प्रमुख नाका खाँडादेवी गाउँपालिकाको सित्खामा पनि गाउँपालिकासँगको सहकार्यमा सीसी क्यामरा जडान गरी निगरानी सुरु गरिएको उनले बताए । खाँडादेवीकै लुभुघाट पुल छेउमा पनि तत्कालै क्यामरा जडान गरी निगरानी सुरु गर्न लागिएको उनले बताए ।

रामेछापबाट दोलखा, सिन्धुली, काभ्रे, ओखलढुंगा र सोलुसँग सिमाना जोडिएका नाकाहरुमा समेत स्थानीय तहको सहकार्यमा सीसी क्यामेरा जडान गर्ने कार्य अघि बढेको उनल बताए ।

रामेछापको मन्थली नगरपालिकको खुर्काेट, सुनापती, गुन्सी, सैलुङ, साँघुटार, लिखु, खिम्ती, सिरिसे, ढाँडे, रस्नालु, बाम्ति लगायतका क्षेत्रहरु प्रमुख नाकाका रुपमा रहेका छन् ।

यस्ता नाकाहरुमा क्यामरा जडान गरेर निगरानी गर्दा नागरिकलाई थप सुरक्षाको प्रत्याभूति दिन सकिने तथा अपराधिक घटना रोक्न र घटना भए दोषिलाई तत्काल पक्राउ गर्न सहज हुने प्रहरीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment