Comments Add Comment

‘बादशाह जुट’को ‘सुसाइड’ गीत सार्वजनिक

चलचित्र ‘बादशाह जुट’को रिलिज कात्तिक १५ लाई तोकिएको छ । निरन्तर असफल चलचित्र दिइरहेका नायक सुशिल श्रेष्ठका लागि यो चलचित्र विशेष छ । चलचित्रको प्रचारका लागि टिमले मिहिनेत गरिरहेको छ । यसैविच, चलचित्रको ‘सुसाइड’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक सुशिल श्रेष्ठको साथमा आमिर गौतम, रोषी खड्का, केइसा रावतलाई फिचरिङ गरिएको छ ।

चलचित्रका निर्देशक जोनी सिंह रानाको शब्द रहेको गीतमा कोशिस क्षेत्रीको संगीत छ । रुपक डोटेलको समेत आवाज रहेको गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । शशी कुमारको पटकथा रहेको चलचित्रमा उत्तम हुमागाँइको छायांकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन छ । चलचित्रमा हर्क बहादुर कुँवर र भोजरा श्रेष्ठको लगानी छ ।

चलचित्रले आफूलाई बादशाह संझने दुई यूवाको कथालाई कमेडी तरिकाले प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment