Comments Add Comment

बोल्ड स्वस्तिमा

नायिका स्वस्तिमा खड्का आफूलाई स्टार नायिका भन्न रुचाउँदिनन् । किनकी, उनले अझै पनि धेरै काम चलचित्र क्षेत्रमा गर्नुछ भन्ने सोचाई राख्छिन् । तर, पनि स्वस्तिमालाई कहिलेकाही विभिन्न कुराले विवादमा भने ल्याउँछ ।

स्वस्तिमा, चलचित्र क्षेत्रमा चम्किएकी छिन् । केही हिट ब्यानरका हिट चलचित्रमा सहकार्य गरेपछि चम्किएकी स्वस्तिमालाई ‘बुलबुल’ चलचित्रले अर्को उचाइमा पुर्याएको थियो ।

यो बर्ष पनि स्वस्तिमाले यस्तै चलचित्र दर्शकलाई दिनेछिन् भन्ने अपेक्षा गरिएको छ । तर, ‘हजार जुनी सम्म’को असफलतापछि ‘घामड शेरे’माथि स्वस्तिमा र दर्शककै आश अड्किएको छ । अनलाइनखबरसँग कुरा गर्दै यी नायिकाले चलचित्रमा आफूले गरेको भूमिकामाथि दर्शकले दिने प्रतिक्रिया आफ्ना लागि विशेष हुने बताइन् ।

स्वस्तिमा अब चलचित्र ‘चपली हाइट ३’मा काम गर्ने तयारीमा छिन् । यसपछि, उनले श्रीमान् निश्चल बस्नेतको साथमा अर्को एक चलचित्रमा पनि काम गर्ने तय भैसकेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment