
नायिका वर्षा सिवाकोटी अहिले अमेरिकामा छिन् । चलचित्र ‘लक्का जवान’को छायांकन सकेर उनी अमेरिका हानिएकी हुन् । अमेरिकामा रहेकी वर्षाको अहिले एक यूवासँगको तस्वीरले चर्चा पाइरहेको छ । सविनजंग थापा नाम गरेका यूवा आफैले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीर र भिडियोले पनि वर्षा र उनी प्रेममा छन् भन्ने कुरालाई वल दिएको छ ।
वर्षा सविनसँग समय बिताइरहेकी छिन् । जहाँ, उनीहरु निकै नै खुशी पनि देखिएका छन् । वर्षा र सविन केही समयपछि नै वैवाहिक जीवनमा वाधिन लागेको चर्चा समेत चलेको छ ।
तर, अमेरिकामा रहेकी नायिका सिवाकोटीले अनलाइनखबरसँग कुरा गर्दै सविनसँग प्रेमको चर्चा हल्ला मात्र भएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्–‘एकसाथ फोटो आएपछि प्रेमको चर्चा हुनु नौलो कुरा भएन । तर, हामी साथी मात्र हौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4