Comments Add Comment

कुपण्डोलमा जब रेष्टुरेन्टभित्र कार छिर्‍यो…‍‍.

४ कात्तिक, काठमाडौं । ललितपुरको कुपन्डोलमा सोमबार दिउँसो एउटा कारले एक महिलालाई ठक्कर दियो ।

चालक ७० वर्षीय वृद्ध मुनिराज उपाध्यायले अगाडि महिला देखेपछि ‘प्रदेश ३ बीएए २०६९’ नम्बरको कारलाई अन्यत्र मोड्न खोजे । तर, ‘जिकज्याक’ हुँदै निस्किएको कार एनपीपी रेष्टुरेन्टभित्र हुत्तिएर छिर्‍यो ।

लतिलपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राई भन्छन्, ‘रेष्टुरेन्टभित्र वालमा ठोक्किएपछि मात्रै कार रोकिएको थियो ।’ रेस्टुरेन्टको बाहिरपट्टि मान्छे नहुँदा मानवीय क्षति हुनबाट जोगिएको उनले अनलाइनखबरलाई बताए ।

‘लक नै भनौं न’, राईले भने, ‘घाइते महिला सकुन खड्काको अवस्था सामान्य छ ।’ उनलाई सर्वाङ्ग  हस्पिटलमा उपचारका लागि भर्ना लगिएको प्रहरीले जनाएको छ ।

कारको अग्र भागमा क्षति पुगेको छ भने चालक उपाध्याय सकुशल छन् । उनले महिलालाई बचाउन खोज्दा रेष्टुरेन्टतिर पुगेको बयान दिएका छन् ।

उपाध्याय कार सर्भिसिङ गरेर सानेपातर्फ जाँदै थिए । घटनाबारे विस्तृत अध्ययन भइरहेको प्रहरीले  बताएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment