Comments Add Comment

एनआरएनएका विजयी पदाधिकारीलाई श्वेता श्री फाउन्डेशनको बधाई

केही दिन अगाडि मात्र गैह्र आवसिय नेपालीहरुको संगठन ‘एनआरएनए’ले नयाँ पदाधिकारी पाएको छ । कुमार पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा बधाई थाप्नको लागि विजयी पदाधिकारीहरुको उपस्थिती थियो ।

कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई र श्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्काले संयुक्त रुपमा विजयीलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको नमुना माझी बस्तीको बारेमा तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । उक्त बस्तीको पहिलो चरणको काम पूरा भइसकेको र बाँकी काम गर्नको लागि केही रकम अभाव भएको भिडियोमा उल्लेख गरिएको थियो । कार्यक्रममा उपस्थित केही प्रवासी नेपालीहरुले वस्ती निर्माणको लागि सहयोग गरेका थिए भने कसैले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

संस्कृती तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले पनि सरकारी तवरबाट कुनै पनि सहयोग चाहिए आफू सहयोग गर्न तयार भएको बताए । कार्यक्रममा बोल्दै श्वेताले नव–निर्वाचित एनआरएनएका पदाधिकारीलाई बधाईसँगै आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद भनिन् । उनले भनिन्–‘अहिलेसम्म यहाँहरुको सहयोगले नै मैले काम गरिरहेको छु । आगामी दिनमा पनि यहाँहरुबाट सहयोगको अपेक्षा राख्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment