+
+
Shares

उपनिर्वाचनमा तालमेल गर्न नेकपालाई जनमोर्चाको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १७:४५

५ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा नेकपासँग तालमेल गर्ने प्रस्ताव गरेको छ ।

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र  तथा बागलुङ र दाङको प्रदेशसभा निर्वाचन क्षेत्रमा तालमेल गर्न नेकपालाई प्रस्ताव पठाएको पार्टीकी प्रवक्ता दुर्गा पौडेलले जानकारी दिइन्  ।

‘उनीहरुसित तालमेल हुन सकेमा परस्परको समझदारीअनुसार हामीले कुनै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने र कुनै क्षेत्रमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने नीति अपनाउन सक्ने छौं’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ‘समझदारी नभएमा उक्त तीनवटै क्षेत्रहरुमा हामीले आफ्ना उम्मेदवारहरु खडा गर्ने छौं ।’

जनमोर्चाले संघ र प्रदेशको चुनावमा नेकपासँग र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग पनि तालमेल गर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?