Comments Add Comment

भारतबाट २ लाख माला अवैध रुपमा काठमाडौं भित्रिएको दावी

५ कात्तिक, काठमाडौं । पुष्प व्यवसायीहरुको छाता संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसनले दुई लाख माला भारतबाट अवैधरुपमा भित्र्याएर बालाजु औद्यौगिक क्षेत्रमा स्टोर गरिएको दावी गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गर्दै एसोसिएसनले सो मालाको छानविन गर्न माग गरेको छ ।

अवैध माला काठमाडौं भित्रिएको सूचनापछि एसोसिएसनको टोलीले गोप्य अनुसन्धान गरेको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनकाअनुसार भारतबाट आएको दुई लाख थान माला बालाजु औद्योगिक क्षेत्रभित्र कोल्डस्टोरमा स्टोर गरिएको छ । त्यसरी ल्याइएको मालाको फाइटो स्यानेटरी प्रमाण पत्र, भन्सार पास जस्ता वैद्यताको प्रमाण नभएको एसोसिएसनको दावी छ ।

अवैधरुपमा भित्रिने ठूलो परिमाणको मालाले नेपाली पुष्प व्यवसायीहरु मारमा परेको भन्दै श्रेष्ठले भन्सार बिन्दुमा सरकारी अधिकारीहरुको कामप्रति पनि प्रश्न उठाए । बालाजु भित्रिएको माला भारतको कोलकत्ताबाट ल्याईएको व्यवसायीहरुको दाबी छ ।

विषादी प्रयोग गरिएको र अवैध माला ल्याइएको भन्दै व्यवसायीहरुले निवेदन आएको काठमाडौंका जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं साहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । व्यवसायीहरुले गरेको गुनासोपछि प्लान्ट क्वारेन्टाइनलगायतका कार्यालयहरुलाई थप बुझ्नका लागि मं‌गलबार नै परिपत्र गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment