Comments Add Comment

व्यवसायी हत्याको बिरोधमा शनिवार जनकपुरका पेट्रोल पम्प बन्द गरिने

७ कात्तिक, काठमाडौं । पेट्रोल पम्प सञ्चालकको हत्या बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिबार जनकपुर धाम अन्र्तगतका पेट्रोल पम्प बन्दको घोषणा गरेका छन् ।

पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु असुरक्षित रहेको भन्दै एशोसिएसनको जनकपुर धाम अन्तर्गतका कुनै पनि पम्पबाट शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

यस्तै, सोही दिन महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा बन्द गर्ने एशोसिएसनले जनाएको छ ।

एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ ।

बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो ।

हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।

निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रुपैयाँ उधारो थियो ।

पंकजले त्यो रकम दिन आलटाल गर्दै आएका थिए । लेनदेन विवादमा गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो पनि पढ्नुहोस मनोज हत्या प्रकरण : डिजेलको उधारो रकम माग्दा गोली हानियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment