Comments Add Comment

सरकारलाई शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

प्रचार प्रसार गर्न नपाइने

७ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ ।

आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता कात्तिक ८ गते शुक्रबारदेखि लागू हुने जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कात्तिक ८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसारका कार्यक्रम गर्न पाउने छैन ।

त्यस्तै चुनावका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नहुने, आफू मातहतमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने, सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने आयोगले जनाएको छ ।

उम्मेदवारले भने निश्चित दिन तोकिएपछि प्रचास प्रसार गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment