Comments Add Comment

दबंग ३ को ट्रेलरमा यस्तो गल्ती

सलमान खान र सोनाक्षी सिन्हाको फिल्म ‘दबंग ३’ को ट्रेलर बुधवार सार्वजनिक भयो । दबंग ३ को ट्रेलरलाई सलमान खानका प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । चुलबुल पाण्डेको कमेडी तथा एक्सनले भरिएको फिल्मको ट्रेलर निकै शसक्त छ । प्रशंसकहरुले समेत उक्त ट्रेलरलाई सकारात्मक प्रतिक्रियाहरु दिइरहेका छन् । यद्यपि,ट्रेलरमा केही गल्ति फेला परेको छ, जसलाई स्वयं सलमान खानले पनि ध्यान नदिएको अनुमान गर्न सकिन्छ । नत्र अहिलेसम्म उक्त गल्ति सुधारिसक्ने थियो ।

३ मिनेट २२ सेकेण्ड लामो उक्त ट्रेलरको अन्त्यमा प्रशंसकहरुलाई फिल्मको प्रदर्शन मितिका बारेमा जानकारी दिइएको छ । यो फिल्म २० डिसेम्बर २०१९ का दिन प्रदर्शन हुँदैछ । फिल्मको प्रदर्शन मिति अंंग्रेजी अक्षरमा लेखिएको छ र त्यहींनिर गल्ति भएको छ । यदि तपाईंले पनि ध्यान दिएर ट्रेलरको अन्त्यमा हेर्नु भयो भने डिसेम्बरको स्पेलिङ नै गलत देखिने छ । पहिलो पटक डिसेम्बर (December)  सही तरिकाले लेखिएको छ, जबकि दोस्रो पटक डिसेम्बरको अंग्रेजी अक्षरमा एउटा ‘ई’ अक्षर थपिएको (Decemeber) छ ।

कस्तो छ फिल्मको ट्रेलर ?

फिल्मको ट्रेलर दर्शकहरुले अनुमान गरे अनुरुपकै छ । ट्रेलरमा चुलबुल पाण्डे र रज्जोको त्यही मायालु केमेष्ट्रि हेर्न पाइएको छ । यसबाहेक यो फिल्ममा चुलबुलले रज्जोभन्दा पहिला अर्की एक युवतीसंग माया-प्रेम गर्छन्, ती हुन् बेबी खुशी अर्थात साई मांजरेकर । ट्रेलरको प्रारम्भ सलमानको पुलिस वाला गुण्डाको लुकका साथ देखा पर्छन् ।

ट्रेलरको प्रारम्भमै चुलबुल पाण्डेको एउटा रमाइलो संवाद सुनिन्छ-‘एउटा हुन्छन् पुलिस वाला, अर्का हुन्छन् गुण्डा, म चाहिं पुलिसवाला गुण्डा ।’

यसबाहेक ट्रेलरमा सलमानका अन्य रमाइला संवादहरु पनि छन्, जसलाई दर्शकले निकै मन पराएका छन् । ट्रेलरमा केही हास्यप्रधान दृष्यहरु छन् । जसले दर्शकलाई चलचित्रप्रति कौतुलहता पैदा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment