Comments Add Comment

एम्बुलेन्स नपाउँदा नायिकाको निधन

मराठी चलचित्रकी नायिका पूजा झुन्जरको मृत्यु भएको छ । २५ वर्षिया पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पूजालाई मध्यरातमा प्रसव पीडा भएको थियो । पीडापछि पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । पूजाले सोही अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । तर, शिशुको मृत्यु भैसकेको थियो ।

शिशुको मृत्युपछि डाक्टरले आफन्तलाई हिंगोली अस्पताल लैजान आग्रह गरे । जुन चिकित्सा केन्द्रबाट ४० किलोमिटर टाढा थियो । त्यहाँ पुग्नको लागि एम्बुलेन्सको आवश्यक पर्यो । तर, एम्बुलेन्स पाउन निकै गाह्रो भयो । धेरै समयपछि बल्ल एम्बुलेन्स त मिल्यो ।

तर बिडम्बना, अस्पतालमा पुर्याउनु अगाडि नै पूजाको निधन भैसकेको थियो । समयमै एम्बुलेन्स उपलब्ध भएको भए पूजालाई बचाउन सकिने आफन्तहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment