Comments Add Comment

भिटोरिया गिमारेसमाथि आर्सनलको जित

८ कात्तिक, काठमाडौं । युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित हात पारेको छ ।

बिहीबार राति युरोपा लिगको समूह ‘एफ’ को खेलमा आर्सनलले भिटोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा परिवर्तित खेलाडी निकोलस पेपेले दुई गोल गरे । त्यस्तै, मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि इडवार्ड र डुआर्ट डे सिल्भाले समान १–१ गोल गरे ।

खेलको आठौं मिनेटमा नै भिटोरियाका लागि इडवार्डले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । तर ३६औं मिनेटमा सिल्भाले गोल गरेपछि भिटोरिया पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रहेको थियो ।

खेलको ७५ औं मिनेटमा मैदानमा प्रवेश गरेका पेपेले खेलको ८०औं मिनेटमा गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरी दिलाएका थिए । अतिरिक्त समयमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई ३–२ गोलको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment