+

पारसले अबुधाबी टी–१० लिग खेल्ने

२०७६ कात्तिक  ७ गते २३:०५ २०७६ कात्तिक ७ गते २३:०५
पारसले अबुधाबी टी–१० लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटर पारस खड्काले अबुधाबी टी–१० लिग खेल्ने भएका छन् ।

१५ नोेभेम्बरबाट सुरु हुने लिगका लागि उनी टिम अबुधावीमा आवद्ध भएका हुन्, जसको आइकोनिक प्लेयर मोइन अली छन् । स्रोतका अनुसार पारस १० हजार डलरमा टिममा अनुबन्धित भएका हुन् ।

यो टिममा मोहम्मद आमिरलगायतका क्रिकेटर छन् ।

अर्का नेपाली क्रिकेटर सन्दीप लामिछानेले भने कर्नाटका टर्स्कर्सबाट खेल्नेछन् । सन्दीपले गत सिजनको टी–१० लिग केरला किङ्सबाट खेलेका थिए ।

प्रतियोगिता अबुधावीको शेख जायद क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म हुनेछ र १० ओभरको खेल ९० मिनेटभित्र सकिनेछ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय