Comments Add Comment

मिडिया हव र ‘सक्किगोनी’बीचको विवाद मिल्यो, दुवै सिरियल नियमित प्रसारण हुने

८ कात्तिक, काठमाडौं । मिडिया हव र ‘सक्किगोनी हास्य टेलिसिरियलबीचको विवाद मिलेकाे छ ।

हास्य टेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको थियो । पात्रहरू आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेकाे थियाे ।

तर, दुई पक्ष जारी विवाद टुंग्याउन सहमत भएका छन् ।

सक्किगोनिका कलाकार कुमार कट्टेलले मिडिया हब प्रा.लि र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंग्याइएको बताए । दुई पक्षबीच कसरी समझदारी बन्यो भन्नेबारे केही नखुलाए पनि आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति बनेको उनको भनाइ छ ।

मिडिया हब प्रा.लि र सक्किगोनी हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंगोमा पुर्याइएको छ’, कट्टेलले फेसबुकमा लेखेका छन्, ‘हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरुले नियमित रूपमा हेर्न पाउनुहुनेछ।’

कलाकार र सर्जकको मिडिया हब प्रा.लिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment