 
																			८ कात्तिक, काठमाडौं । आफ्नै आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका-३ गोहीनीबाट शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत असोज ३० गते घरायसी विबादका क्रममा दीर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी कैलाशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलाशीलाई जिल्ला अस्पताल परासीबाट थप उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दीर्घ नारायणलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4