Comments Add Comment

शिवम् सिमेन्ट्स साधारणसभा

८ कात्तिक, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसकेपछिको चौंथो वार्षिक साधारणसभा शक्रबार भएको छ । कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष श्री सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा आव २०७५/०७६ को वाषिर्क प्रगति प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पेश भयो ।

कम्पनीले सर्वसाधरण शेयरधनीहरुमा शेयर निष्काशन गरेको एक वर्ष नपुग्दै २ वटा वाषिर्क साधारणसभा सम्पन्न गरेको हो । साधारण सभाले आफ्ना शेयरधनीहरुलाई प्रति शेयर १५ प्रतिशत -कर बाहेक) का दरले हुन आउने रु ६९ करोड ४७ लाख ३८ हजार नगद लाभांस रकम वितरण गर्ने प्स्ताव पारित भएकोछ ।

आव २०७६/०७७ को आय व्ययको लेखापरीक्षण गर्न सुभाष एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्स काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी आगामी ४ बर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्विरोध निर्वाचन समेत गरेकोछ ।

निर्विरोध निर्वाचित हुने संचालकहरुमा सुरेन्द्र कुमार गोयल, रघुनन्दन मारु, सन्दिप कुमार शारडा, अमित मोर र रोहित गुप्ता छन् भने वाषिर्क साधारण सभा सम्पन्न हुना साथ बसेको संचालकहरुको बैठकले नव निर्वाचित संचालक सुरेन्द्र कुमार गोयललाई कार्यकारी अध्यक्ष र रघुनन्दन मारुलाई कार्यकारी सञ्चालकको पूनः जिम्मेवारी दिँदै ६ सदस्यीय संचालक समितिको गठन समेत सम्पन्न गरेको छ ।

अब कम्पनीको स्वीकृत नियमावली बमोजिम १ जना स्वतन्त्र व्यावसायिक संचालकको मनोनित हुन बाँकी छ । व्ययसायिक संचालक मनोनित गरेपछि ७ सात सदस्यीय संचालक समिति पूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment