+
+
Shares

असंलग्न अभियानको घोषणा कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते २०:५४

८ कात्तिक, अजरबैजान । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । हरेक तीन वर्षमा नेताहरु भेला भएर नयाँ कार्यदिशा परिभाषित गर्ने गरेको भएपनि घोषणापत्रमा कार्यान्वयन गर्ने प्रणाली विकास नभएको बताएका हुन् ।

‘बाकु कङ्ग्रेस सेन्टर’मा असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली अभियानको राजनीतिक सन्देश कार्यान्वयन गर्ने कुराका लागि मतैक्यतामा पुग्न प्रयास गरे नगरेको, सदस्य मुलुकभित्रै गहिरो रुपमा जरा गाडेको द्वन्द्व तथा भिन्नतालाई विश्लेषण गरेनगरेको तथा एकताको अवधारणामा समाधान गर्न प्रयास गरेको वा नगरेको प्रश्न गर्नुपर्नेमा जोड दिए । असंलग्न अभियानलाई विश्वव्यापी असमानतालाई सदाका लागि अन्त्य गर्न सकियोस् भनी आन्तरिक रुपमा जोडिने, एकताबद्ध बनाउने, बलियो र बाह्यरुपमा प्रभाव पार्न सक्ने उनले बताए ।

प्रधानमन्त्री ओली आन्दोलनको एकतालाई प्रभाव पर्ने गरी विभाजन र विरोध बाहिर नआओस् भनी सद्भाव, समझदारी तथा सहयोग विकासमा जोड दिए । आन्दोलनालाई साझेदारीपूर्ण समृद्धि प्राप्त गर्न र विकासको चुनौती समाधान गर्न सबै विकासशील मुलुकले सामूहिक सबलता विकास गर्न सकोस् भनी दक्षिण(गरीब राष्ट्र)को क्षमता बलियो बनाउन भूमिका खेल्न सक्ने, विश्वका वर्तमान मुद्दालाई प्रणालीगत रुपमा लिन सकोस् भनी त्यसको ठोस समाधान दिन सक्ने र संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखी बहुलवादलाई बलियो बनाउन सहयोग गर्न सक्ने देख्न चाहेको पनि उनले बताएका छन्र ।

असंलग्न अभियानको संस्थापक सदस्यका रुपमा नेपाल अग्रपङ्क्तिमा रहेर जिम्मेवारी लिने उनले बताए ।

राससको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?