+
+
Shares

कसरी छानियो ट्राफिक बत्तीको रङ ? यस्तो छ इतिहास

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७६ कात्तिक ९ गते १७:३१

विश्वमा सबैभन्दा पहिले सन् १८६८ को डिसेम्बर १० तारेखमा बेलायतको लण्डनस्थित संसदभवन बाहिरको सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । रेलवेका अभियन्ता जेके नाइटले उक्त ट्राफिक लाइट जडान गरेका थिए ।

रातमा देखियोस् भन्नका लागि यसमा ग्यासको प्रयोग गरिएको थियो । त्यस समयमा ट्राफिक लाइटमा केवल दुईवटा मात्र रङको प्रयोग गरिएको थियो, एउटा रातो र अर्को हरियो । तर पछि ट्राफिक बत्तीमा पहेँलो रङपनि थपियो ।

ट्राफिक लाइटमा यी रङको छनोट कसरी गरिएको थियो ? यसको रोचक कथा छ ।

  • ट्राफिक लाइटमा रातो रङ राख्नुको कारण यो प्रष्ट देखिने तथा मानिसलाई सचेत गराउनका लागि थियो । रातो रङको अर्थ अगाडि खतरा छ भन्ने पनि हुन्छ । रातो रङ अन्य रङको तुलनामा गाढा पनि हुन्छ र टाढैबाट देखिन्छ । त्यसैले यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरियो ।
  • पहेँलो रङ उर्जाको प्रतीक हो । यो रङलाई ट्राफिक लाइटमा राख्नुका कारण चाहीँ जब पहेँलो बत्ती बल्दछ तब पैदल बाटो काट्न वा गाडी अगाडि बढाउनका लागि बल लगाउन वा आफ्नो उर्जाको प्रयोग गर्न तयार होउभन्ने संकेत दिनु हो ।
  • हरियो रङलाई सबैभन्दा सुन्दर रङ पनि भनिन्छ । यसलाई प्रकृतिसँग जोडेर पनि हेरिन्छ । यो रङले सबैकुरा ठीकठाक छ भन्ने कुराको संकेत गर्दछ । त्यसैले ट्राफिक लाइटमा यो रङलाई अब गाडी अगाडि बढाउ वा पैदल यात्रीलाई बाटो काट्न सुरु गर भन्नका लागि प्रयोग गरिएको हो ।
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?