Comments Add Comment

नेताले जुत्ताको माला पनि ब्यहोर्न सक्नुपर्छः रामचन्द्र पौडेल

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुले फूलको माला मात्र होइन, जुत्ताको मालासमेत ब्यहोर्न सक्नुपर्ने बताएका छन् । नेताहरुले आफूमाथि हुने आलोचनालाईै पचाउन सक्नुपर्ने नेता पौडेलको भनाइ छ ।

आइतबार साँझ काठमाडौंमा आयोजित प्रज्ञा सिस्नुपानी देउसी कार्यक्रममा व्यंग्यात्मक देउसी सुनिसकेपछि संक्षिप्त मन्तव्य दिँदै कांग्रेस नेता पौडेलले भने– ‘नेतालाई गाली गरेवापत कलाकार बेपत्ता भए भनेर हालसालै मैले सुनिरहेको छु । मलाई के भन्नु छ भने नेतालाई आलोचना स्वाभाविक कुरा हो । नेताले फूलको मालामात्र होइन, जुत्ताको माला पनि व्यहोर्न सक्नुपर्छ ।’

सिस्नोपानीको देउसी कार्यक्रममा शैलेन्द्र सिंखडा नदेखिएको प्रशंगतर्फ संकेत गर्दै कांग्रेस नेता पौडेलले ‘हालसालै नेतालाई गाली गरेवापत कलाकार बेपत्ता भए’को बताए ।

सिस्नोपानीको देउसी कार्यक्रममा कलाकारहरुले गरेको पुकारलाई राज्यले सुन्नुपर्ने कांग्रेस नेता पौडेलले बताए । कलाकारहरुले रमणीय साँझमा गहिरोसँग गुलाबी व्यंग्य भरेको पौडेलले प्रक्रिया दिए । व्यंग्यात्मक देउसी सुनिसकेपछि नेता पौडेलले दिएको प्रतिक्रिया यस्तो थियो–

मैले वर्षैपिच्छे देउसी भैलो धेरै हेर्दै आएको छु । समाजलाई परिवर्तन गर्ने, मान्छेलाई सुधार गर्ने मान्छेको मष्तिष्कसम्म पुगेर, छोएर त्यसमा परिवर्तन ल्याउने जुन प्रयास तपाई(कलाकार)हरुले गरिराख्नुभएको छ, यो प्रयास कति सफल भएको छ, त्यसको विश्लेषण हुनुपर्छ । त्यसको अनुगमन हुनुपर्छ । काग कराउँदैछ, पिना सुक्दैछ नहोस् ।

नेपालमा अहिले हालसालै मैले सुनिरहेको छु, नेतालाई गाली गरेवापत कलाकार बेपत्ता भए भनेर सुनेको छु । मलाई के भन्नु छ भने नेतालाई आलोचना स्वाभाविक कुरा हो । नेताले फूलको मालामात्र होइन, जुत्ताको माला पनि व्यहोर्न सक्नुपर्छ ।

म के पनि भन्न चाहन्छु भने हाम्रो पहाडतिर एउटा उखान छ, सयभारी खर पसीना चुहाएर, मेहनेत गरेर काट्ने र सयभारी खर उपद्रो गरेर जलाइदिने, एकैचोटि झोसिदिनेलाई एउटै मूल्यांकन हुनुहुँदैन । विवेकको खाँचो छ ।

कलाकारहरुले जुन पुकार गर्नुभएको छ, त्यो पुकार सारा नेपालीले सुनोस् । बोलेर पो हुन्छ के ! यो नहोस् । बोलीको अर्थ होस् । कालाकारको, कलाकारिताको मर्म सबैले छुन सकौं । राज्यमा रुपान्तरण होस् । राज्यको चरित्रमा रुपान्तरण होस् । कलाकारहरुको यही नै पुकार हो । यो पुकार राज्यले सुनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment