+
+

यस्तो रह्यो अनमोल केसीको भाइटिका

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १२ गते १४:०७

आज तिहारको अन्तिम दिन, भाइटिका । दिदी–बहिनीहरुले दाजु–भाइको दिर्घायुको कामना गर्दै सप्तरंगी टिका र माला लगाएर भाइटिका गर्ने चलन छ । नेपाली चलचित्रका कलाकारहरुले पनि भाइटिकालाई धुमधामका साथ मनाएका छन् । नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले पनि बहिनी प्रान्सु केसीसँग भाइटिका लगाएका छन् । गतबर्ष अनमोलले दिदी काजोलको साथमा बहिनीद्धय रुवि र प्रान्सु केसीसँग भाइटिका लगाएका थिए ।

तर, यसपटक भने उनले बहिनी प्रान्सुसँग मात्र टिका लगाएका छन् । यस्तै, नायक भूवन केसीले पनि भाइटिका लगाएका छन् । अनमोलले तिहार आफ्नो लागि सधै नै विशेष पर्वको रुपमा रहेको भन्दै दिदी–बहिनीले दिएको आशिष दाजुभाइलाई सधै नै लाग्ने गरेको बताए ।
उनले बहिनीसँग टिका लगाउँदा खुशी लागेको भन्दै भाइटिका यसपटक पनि विशेष भएको सुनाए ।

नायक केसी तिहार लगतै नयाँ चलचित्र ‘धुपौरे’को छायांकनमा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?